कैलालीको चुनेपानीस्थित मन्दिरमा साधुको ढुङ्गा प्रहार गरी हत्या

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरमा साधुको हत्या भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका ७८ वर्षीय साधु भगत रामनारायण डगौराको बुधबार राति करिब साढे १२ बजे ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun

डगौरा कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका हुन् । उनी करिब १६ वर्षदेखि चुनेपानीस्थित मन्दिर परिसरमै बस्दै आएका थिए ।

मन्दिरतर्फबाट जाहेरी दर्ता भएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ । यस घटनामा संलग्न शंका लागेका एक जनालाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...