धनगढीमा एक युवक सम्पर्कविहीन, तीन जना नियन्त्रणमा

धनगढी- कैलालीमा एक जना सम्पर्कविहीन भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । गएराति धनगढीको बोराडाँडीका बिरेन्द्र चन्द सम्पर्कविहीन भएको घटनामा उनीसँगै खाजा खाएका भनिएका तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले गोदावरीका बिनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई नियन्त्रणमा लिइएको बताए । उनकाअनुसार चारै जना राति सँगै थिए तर चन्द उनीहरूसँगै भएका बेला सम्पर्क विहीन भएपछि अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको हो ।

Navadurga sun

चन्द घर नआएपछि उनको परिवारले प्रहरीलाई खबर गरेको थियो । चन्दको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...