मुडका धार्मिक क्षेत्रमा विद्युतीकरण कार्य तीव्रगतिमा

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय स्थल मुडका (मणिका) मा विद्युतीकरणको काम तीव्र गतिमा अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत करिब ६५ लाख रुपैयाँ लागतमा कार्य सुरु गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

कलौनी निर्माण सेवासँग गरिएको ठेक्का सम्झौताअनुसार मुडकादेखि धारापानीसम्मको ५ किलोमिटर क्षेत्रमा ८२ वटा पोल जडान गरी विद्युत् पुर्याउने तयारी भएको छ । वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार हाल पोल गाड्ने काम तीव्र गतिमा भइरहेको र तिहारअघि नै काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Navadurga sun

विद्युतीकरणपछि धारापानीका करिब ३५ परिवार पहिलोपटक बिजुलीको पहुँचमा आउनेछन् । स्थानीयले लामो समयदेखि टुकीमा रात कटाउँदै आएका थिए भने मोबाइल चार्ज गर्न तीन किलोमिटर टाढा जानुपर्ने बाध्यता थियो ।

यसै क्रममा भीमदत्त नगरपालिकाको खल्लामुसेट्टि क्षेत्रमा करिब ५५ घरधुरीलाई समेत विद्युत् सेवा विस्तार गरिएको छ । पुल विद्युतीकरण कार्यक्रमअन्तर्गत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरीसम्म पनि विद्युत् विस्तार कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...