स्कारपियो दुर्घटना हुँदा एक बालक घाईते





अत्तरिया, ५ असाेज– कञ्चनपुर जिल्लाको कृष्णपुर बनदेवी जंगलमा स्कारपियो दुर्घटना भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ५ बनदेवी जंगलमा महेन्द्रनगरबाट धनगढी तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ४८०४ नम्बरको स्कारपियो दुर्घटना भएको हो ।


दुर्घटनामा स्कारपियोमा सवार अन्दाजी १५ वर्षका एक बालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ । चालकका अनुसार गाडीकाे अगाडी एक्कासी आएको जनावरलाई बचाउन खोज्दा अनियन्त्रीत भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।



