ईलाका प्रहरी कार्यालय बेलौरीले लामो दुरीमा पैदल गस्ती सुरु

कञ्चनपुर, ४ असाेज- ईलाका प्रहरी कार्यालय बेलौरीले चाडपर्व लक्षित गरी “विशेष सुरक्षा योजना” कार्यक्रम लागु गरेको छ। सोही अन्तर्गत ईलाका प्रहरी कार्यालय बेलौरीले लामो दुरीमा पैदल गस्ती सुरु गरेको हो।

प्रहरीले बेलौरी नगरपालिकाका विभिन्न सीमा नाकामा पैदल गस्ती गर्ने गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। चाडपर्वहरुमा कुनै किसिमको अप्रिय घटनाहरु हुन नदिन तथा सम्भावित आपराधिक कृयाकलापहरुलाई राेक्नको लागि विशेष सुरक्षा याेजना लागु गरिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...