२४ घण्टामा नेपालमा थपिए १५० कोरोना संक्रमित, ३ को मृत्यु





काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र ३ जनाको मृत्यु भएको छ । परीक्षण बढाएसँगै आइतबारको तुलनामा संक्रमितको संख्या दोब्बरले बढेको हो ।



४ हजार ४ सय ७२ जनाको नमुना परीक्षण गर्दा १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ३ हजार १ सय ८१ नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण देखिएको थियो ।


नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । उनीहरुमध्ये थप ९९ सहित २ लाख ७२ हजार २० जना निको भएका छन् । त्यसैगरी हालसम्म कोरोना संक्रमणबाट ३ हजार १९ जनाको मृत्यु भएको छ ।
आइतबार १ सय ६ जना संक्रमित निको भएका थिए भने कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको थिएन । सोमबार काठमाडौं उपत्यकामा मात्रै ८४ जना संक्रमित थपिएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको मन्त्रालयले जनाएको छ ।



