


धनगढी- धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।



धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेल नजिकबाट सोही धनगढी उपमहानगरपालिका–४ खानेपानी टोल बस्ने २८ वर्षीय अरुण गहतराज लागूऔषधसहित पक्राउ परेका हुन् ।


गहतराजलाई चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।





