
धनगढी- सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले धनगढीमा पनि प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेट अगाडि विभिन्न ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐश होइन’, जनताको आवाज रोकिँदैन कहिल्यै लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

