आउँदो कात्तिकदेखि बीमा प्रणालीमार्फत ८ कडा रोगको उपचार सुरु, असोजसम्म आबद्ध हुनुपर्ने

धनगढी– स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले अब आउँदो १ कात्तिकदेखि ८ प्रकारका कडा रोगको उपचार सुविधा तथा विपन्न नागरिकका लागि उपलब्ध गराउँदै आएको एकीकृत सुविधा पाउने भएका छन् ।

Ganyapdhura gau

स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार, विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत दिइँदै आएको सेवा अबदेखि बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ ।

Navadurga sun

यसका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको छ । संशोधित निर्देशिकामा विपन्न नागरिकलाई दिइँदै आएको सम्पूर्ण उपचार सुविधा र भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको छ ।

Dadhaldhura pur

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, अबदेखि विपन्न नागरिकले ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमामा अनिवार्य रूपमा आबद्ध हुनुपर्नेछ ।

उनी भन्छन् – “यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले, हाल सेवा लिइरहेका वा नयाँ लिन चाहने सबै विपन्न नागरिकले असोज मसान्तभित्रै बीमामा दर्ता अनिवार्य गर्नुपर्छ ।”

यसअघि विपन्न नागरिकका लागि छुट्टै बजेटमार्फत भुक्तानी हुने गरेकोमा अब बीमा प्रणालीमार्फत मात्र सुविधा पाउने व्यवस्था गरिएको हो । यसले सेवामा निरन्तरता र एकद्वार प्रणाली ल्याउने मन्त्रालयको दाबी छ ।

स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई मन्त्रालयले पत्र पठाउँदै हालका सेवाग्राहीलाई असोज मसान्तभित्रै बीमामा दर्ता गराउने व्यवस्थामा सहयोग पुर्‍याउन निर्देशन दिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...