भारतीय सुरक्षाकर्मीद्धारा कैलालीका युवक माथी गोली प्रहार

धनगढी- भारतमा एक नेपाली नागरिकलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली प्रहार गरेका छन् । भारतीय सुरक्षाकर्मीको गोली खुट्टामा लागेर ती नेपाली युवक घाइते भएका छन् । उनलाई भारतीय सुरक्षाकर्मीले उपचारका लागि अस्पतालमा भर्ना गराएका छन् ।

Ganyapdhura gau

गोली लाग्ने नेपाली युवक कैलाली जिल्ला निवासी ३५ वर्षीय जगत बहादुर रहेको जनाइएको छ । उनीमाथि भारतको गुरुग्राम क्राइम ब्रान्चको टोलीले गोली प्रहार गरेको हो ।

Navadurga sun

सेक्टर–४३ क्राइम ब्रान्चलाई एक नेपाली नागरिक वजीरावादस्थित ताउ देवीलाल पार्कमा कुनै ठुलो आपराधिक गतिविधि गर्न लागेको भन्ने सूचना आएको आधारमा उक्त स्थानमा पुगेको टोलीले जगत बहादुरलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको जनाइएको छ ।

Dadhaldhura pur

सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सो स्थानमा पुगेको सुरक्षाकर्मी टोलीलाई जगत बहादुरले गोली प्रहार गरेपछि जबाफी कारबाहीमा उनलाई गोली लागेको हो । जगत बहादुरले प्रहरीतर्फ प्रहार गरेको गोली सुरक्षाकर्मी चढ्ने गाडीमा लागेको जनाइएको छ ।

जबाफी कारबाहीमा सुरक्षाकर्मीले चलाएको गोली जगत बहादुरको खुट्टामा लागेको छ । गोली लागेर लडेका उनलाई तत्काल नियन्त्रणमा लिई अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।

जगत बहादुरले फेसबुकमा नक्कली अकाउन्ट खोलेर भारतमा घरेलु कामदारका रूपमा रहेका नेपालीसँग सम्पर्क बढाउने र उनीहरूसँग मिलेर घरका मालिक तथा परिवारका अन्य सदस्यलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई नगद तथा गरगहना चोरी गरी फरार हुने गरेको आरोप लगाइएको छ ।

उनीविरुद्ध भारतमा विभिन्न आपराधिक उजुरी दर्ता भएको र नेपालमा समेत उनी चोरीका सामान बेचबिखन गरेको आरोपमा पक्राउ परेर छुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपितका साथबाट पेस्तोल, कारतुस, फलाम काट्ने कटरसहितका सामान बरामद भएको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...