संविधान दिवसको अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम

धनगढी, ३ असाेज- संविधान दिवस २०७८ को अवसरमा धनगढी वडा न ५ शिवनगरमा निशुल्क स्वास्थ्य परीक्षण भएको छ। नसर्ने रोग जोखिम न्यूनीकरण गर्ने तथा जेष्ठ नागरिकहरुला स्वास्थ्य सेवाको मुल धारमा ल्याउने सरकारको उद्देश्य रहेको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री जेष्ठ नागरिक कार्यक्रम अनुसार कैलालीमा केहि स्थानीय तहहरुमा जेष्ठ नागरिक कार्यक्रम लागू भएको छ । जेष्ठ नागरिकहरुका स्वास्थ्य समस्याहरुलाइ उठान गर्ने स्वास्थ्य विमा कार्यक्रममा सहज पहुँच बनाउने तथा टोलटोलमा स्वास्थ्य परिक्षण कार्य गर्ने जस्ता कार्यक्रम रेहेका छन । डब्ल्युएचओ नेपाल २०१८ को प्रतिवेदनअनुसार नसर्ने रोगको भार ६० प्रतिशत बाट बढेर ६६ प्रतिशत रहेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैले नसर्ने रोग जोखिम न्यूनीकरणको लागि जनचेतनामूलक सन्देश जाने साथै आफ्नो टोल छिमेकमै स्वास्थय सेवाको लाभ लिन सिएको छ । नियमित शारीरिक व्यायाम, योगा, स्वस्थकर खाना खानु, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मधयपानको सेवन नगर्नु नै मुख्य नसर्नेको रोगको जोखिम न्यूनीकरण गर्ने उपाय हुन । हामि सबैले आ–आफ्नो जिवन निर्वाह गर्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ कार्यक्रममा १ सय २५ जनाले स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सेवा लिएका थिए।

टोलवासिहरुको स्वास्यथ्य परीक्षणमा तौल, उचाई , रक्तचाप, मधुमेह, पेटकको मापन, बिएम आइ आवश्यकता अनुसारको औषधि,स्वास्थ्य परामर्श, स्वास्थ्य शिक्षा बारे जानकारी दिएको थियो । स्वास्थ्य कार्यलयको सहयोग तथा सुन्दर नगर टोल विकास समितिको आयोजनामा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा न ५ का वडा अध्यक्ष हिरासिंह पातली को प्रमुख आतिथ्यमा र सुन्दर नगर टोलविकास समितिका अध्यक्ष चेत बहादुर थापा को अध्यक्षतामा भएको हो । कार्यक्रमको संचालन मिन बहादुर धामी ले गरेका हुन् ।

Loading...