अत्तरियाको अनुश्री फार्मेसीमा आगलागी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ आदर्श गल्ली स्थित लक्ष्मी खनालको तीन तले पक्की घरको भुइँतलामा सञ्चालन भइरहेको अनुश्री फर्मेसीमा बिहीबार बिहान आगलागी भएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

भिमदत्त नगरपालिका–२ कञ्चनपुरका कबीराम तिवारीले सञ्चालन गर्दै आएको उक्त फर्मेसीको गोदाममा बिहान करिब ३ बजेर २५ मिनेटमा अचानक आगलागी भएको हो। आगलागीबाट गोदामभित्र रहेको सम्पूर्ण औषधि जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Navadurga sun

मानवीय क्षति नभए पनि आगलागीबाट करिब ५०–५५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...