




हरिश चन्द/डडेल्धुरा १८ भदौ- सुदूरपश्चिमेलीहरूको महान् पर्व गौराको अवसरमा डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘राष्ट्रिय गौरा महोत्सव २०८२’ सुरु भएको छ ।










विगतका वर्षहरू झै यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा बागबजार बसपार्कमा गौरा महोत्सव सुरु भएको हो । महोत्सवको मंगलबार शुरु गर्ने भनेकाेमा लगातारको वर्षले आज बुधवार एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।


महोत्सवको उद्घाटन कार्यक्रममा नगर प्रखुख डिल्लिराज जोशीले गौरा पर्व प्रदेश ७ को धार्मिक र सांस्कृतिक धरोहरको रुपमा रहेको र गौरा पर्वले समाजमा सामाजिक सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाई थियो ।
महोत्सवले गर्दा गौरा पर्वको संरक्षणमा टेवा पुग्ने बताएका छन् । गौरा पर्वको संरक्षणमा सबैले एकजुट भएर लाग्नु पर्ने उनको भनाइ थियो । आफ्नो संस्कृति संरक्षण गर्नमा सबैले अग्रसर हुनु जरुरी रहेको उनको तर्क थियो ।
आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले २६ महोत्सवको आयोजना गरिएको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष रमेश जोशीले जानकारी दिनु भयो ।
उहाँले २३ गतेसम्म सञ्चालन हुने गौरा महोत्सवमा प्रदेश ७ का सम्पूर्ण क्षेत्रका व्यक्तिहरूलाई सहभागिता जनाउन आग्रह गरेका छन् । महोत्सवमा प्रतिस्पर्धात्मक गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा संचालन भइरहेका छन् ।

