गोदावरी-८ स्याउलेमा गौरा पर्व विशेष मेला सुरु, मन्त्री बमद्वारा उद्घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेस्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आज सोमबारदेखि गौरा पर्व विशेष मेला सुरु भएको छ । मेलाको आयोजना भदौ २१ गतेसम्म चल्ने बताइएको छ ।

मेलाको उद्‌घाटन एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले गरेका हुन् । उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री बमले गौरा पर्व सुदूरपश्चिमको सांस्कृतिक पहिचान भएकोले यसलाई जर्गेना गर्नु अत्यावश्यक रहेको बताए । उनले थपे, “संस्कृति र पहिचान जर्गेना गर्दा मात्र व्यक्तिको पनि पहिचान कायम रहन्छ ।”

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उद्‌घाटन कार्यक्रम गौरा पर्व समितिकी संयोजक लक्ष्मी बिनाडीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व सांसद कैयाँ चौधरी विशिष्ट अतिथि रहेका थिए । वर्षाका बाबजुद पनि डेउडा गायक गणेश विष्ट र प्रेमराज पाठकले मन्त्री बमसहित उपस्थित अतिथिहरूलाई डेउडा खेल प्रदर्शन गरेका थिए ।

मेलामा आगामी दिनहरूमा विभिन्न सांस्कृतिक प्रस्तुति हुने क्रम रहेको छ । आयोजक बिनाडीका अनुसार भदौ १७ गते सावित्री धामी र उज्ज्वल सिंह साउँद, भदौ १८ गते ममता धामी र कृष्ण धामी, भदौ १९ गते टिका सानु र दीपक रिमाल र भदौ २० गते पदम जोशी र तुलसी बुढाको प्रस्तुति रहने जनाइएको छ । 

विश्वनाथ महादेव मन्दिर गौरा पर्व मेला समितिको आयोजना रहेको यस मेलालाई सफलतापूर्वक सञ्चालन गर्न पदम बोगटीको संयोजकत्वमा उप–समिति पनि गठन गरिएको छ । उद्‌घाटन कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो ।

मेलाले सांस्कृतिक समृद्धि बढाउने, स्थानीय पहिचान जर्गेना गर्ने र समुदायमा एकताको भावना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

Loading...