अत्तरिया- कैलाली उद्योग वाणिज्य संघको आगामी निर्वाचन भदौ २८ गते हुन लागेको छ । निर्वाचन नजिकिँदै गर्दा दुई प्यानलले आ–आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । यसरी चुनावी मैदानमा प्रतिस्पर्धा थप सक्तिसाली भएको छ ।



पूर्व महासचिव रुपेश स्वाँरले आफ्नो प्यानल सार्वजनिक गरेका थिए भने वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले सोमबार आफ्नै प्यानल घोषणा गरेका छन् ।
दुवै प्यानलले होटल ओपेरामा आफ्नो उम्मेदवार घोषणा कार्यक्रम गरेको थियो । कार्यक्रममा संघका वर्तमान अध्यक्ष पुष्पराज कुँवर पनि सहभागी थिए ।
ओझा प्यानलको नेतृत्व र सदस्यहरू
वरिष्ठ उपाध्यक्ष: ओम बहादुर बिष्ट
उपाध्यक्ष (उद्योग): वासुदेव भट्ट
उपाध्यक्ष (एसोसिएट): मनोज अग्रवाल
उपाध्यक्ष (वाणिज्य): गगनराज केसी
उपाध्यक्ष (वस्तुगत): भीमराज ओझा

महासचिव: दिनेश लम्साल
कोषाध्यक्ष: सुरेन्द्र बहादुर कडायत
सचिव: कृष्ण कुमारी बिष्ट
सदस्यहरुमा अजय पाण्डेय, सुरेश सापकोटा, बम बहादुर कुँवर, ध्रुबराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी, बिन्दु सुनार रहेका छन् ।
घोषणापत्र र चुनावी नीति
ओझा प्यानलले “व्यवसायीको हित, सबल नेतृत्वको जीत” नारासहित १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । यसले व्यवसायीका आवश्यकता र समस्यालाई सम्बोधन गर्ने योजना समावेश गर्दछ ।
मुख्य योजना र प्रतिबद्धताहरू:
– व्यवसायीलाई निःशुल्क दुर्घटना बीमा सुविधा उपलब्ध गराउने ।
– विद्युत् तथा संकट प्रभावित व्यवसायीको राहत र पुनःस्थापना कार्यक्रम सञ्चालन ।
– घर, पसल र गुदाममा सुरक्षा प्रणाली लागू गर्ने ।
– व्यवसायीलाई डिजिटलाइजेशनमार्फत प्रवर्द्धन ।
– सरकारी निकायसँग सहकार्य गरी कर प्रणाली सरलीकरण ।
– प्रशासनिक समस्या समाधानमा सुधार ।
– पर्यटन, कृषि, औद्योगिक उत्पादन प्रवर्द्धन।
– स्थानीय उत्पादनलाई प्राथमिकता: “मेडइन सुदूरपश्चिम” अभियान।
– राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा “सुदूरपश्चिम एक्सपो” आयोजना।
– लगानी आकर्षित गर्न भारत र नेपालका उद्योगी/लगानीकर्तासँग सम्मेलन।
– युवालाई उद्यमशीलता, रोजगारी, सीप विकास मार्फत आत्मनिर्भर बनाउने।
स्वाँर प्यानलले पनि १८ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो, जसमा व्यवसायीलाई आवश्यक सेवाहरू र सुविधाहरू उपलब्ध गराउने योजनाहरू समावेश छन् ।
निर्वाचन नजिकिँदै गर्दा दुवै प्यानलले आफ्नो आधिकारिक उम्मेदवारी सार्वजनिक गरेसँगै संघको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा तीव्र भएको छ । व्यवसायीहरूमा चुनावप्रति चासो बढेको छ र आगामी निर्वाचन उद्योग वाणिज्य संघको भविष्य र व्यवसायी हितका लागि निर्णायक हुने अपेक्षा गरिएको छ ।
