कञ्चनपुरमा जोगबुडा नदीको बाढीले ५२ परिवार विस्थापित

कञ्चनपुर- कञ्चनपुरमा लगातारको वर्षासँगै जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि ५२ परिवार विस्थापित भएका छन्। बाढीले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Ganyapdhura gau

प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार, दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ घरका ७० जनालाई तत्काल उद्धार गरी जनता माध्यमिक विद्यालय देउरालीमा सारिएको छ।

Navadurga sun
Dadhaldhura pur

त्यस्तै, सोही नगरपालिकाको वडा नं. ३ पटेराखल्लाका १५ परिवारका करिब १० देखि १५ जनालाई जमुना आधारभूत विद्यालय जमुनाघारीमा राखिएको छ। यस्तै वडा नं. १० कान्तीटोलका १२ घरका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

डीएसपी बोहराका अनुसार हालसम्म सबै विस्थापित सुरक्षित छन् र आवाशीय विद्यालय भवनहरूलाई अस्थायी शिविर बनाइएको छ।

यसैबीच, महाकाली नदीमा पनि पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ। सोमबार दिउँसोसम्म नदीमा पानीको बहाव १ लाख ६२ हजार क्युसेक पुगेको बताइएको छ। नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्ने बित्तिकै शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन तत्काल रोक्ने प्रावधानअनुसार प्रहरी प्रशासनले सतर्कता बढाएको छ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...