बैतडी- बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा बिहीबार वर्षासँगै आएको पहिरोले चन्द परिवारको दुईतले १२ कोठे घर पूर्ण रूपमा पुर्याएको छ ।




घरभित्र पुरिएकी ९० वर्षीया गोदावरी चन्दलाई स्थानीयवासीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल पुर्याइयो। थप उपचारका लागि उनलाई डडेल्धुरा रेफर गरिएको छ। घरमा अन्य सदस्यहरू नभएका कारण मानवीय क्षति बढ्न भने सकेको छैन ।


पहिरोले घरको गोठमा राखिएका चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी गरी १३ वटा पशु मारेको छ। साथै, घरभित्र रहेका धनमाल, अन्नपात र लत्ताकपडा समेत पुरिएका छन्।
स्थानीय प्रशासन र राहत सम्बन्धी निकायहरूले घटनास्थलमा पहुँच बढाउँदै प्रभावित परिवारलाई सहयोगका लागि तयारी थालेका छन्। मौसमविद्हरूले आगामी दिनमा पनि पहिरोको जोखिम रहिरहने चेतावनी दिएका छन्।




