ठेकेदारको लापरवाहीले सडक निर्माण अलपत्र

Navadurga sun

समाचार दाता/ डडेल्धुरा १६ भदौ- अछाम जिल्ला महत्वका दुई सडक योजना ठेकेदार कम्पनीको लापरवाही, ढिलासुस्ती र सरोकारवाला निकायको उदासिनताका कारण अलपत्र परेका छन् । सडक स्तरोन्नतिको कार्य समयमै सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने योजना सडक स्तरोन्नति गर्ने योजना अलपत्र परेका हुन् ।

यी दुईवटै सडकको स्तरोन्नति, कालोपत्र र मर्मतका लागि सात वर्षअघि नै काम थालिएको थियो । तर अहिलेसम्म पनि सडकको अवस्था सात वर्ष पहिलेको जस्तै भएको सर्वसाधारणको गुनासो छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा यी योजना अलपत्र परेका हुन् ।

यी दुवै सडक विभाग मार्फत कार्यान्वयन गरिएका सडक योजना हुन् । सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी काम छाडेर सम्पर्कविहीन भएका छन् । सडक डिभिजन कार्यालय साँफेबगरले कार्यालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन् ।

वि.सं. २०७६ मा सडक डिभिजन कार्यालय साँफेबगरले कार्यालयले सडक निर्माण गर्न सेबिमा कन्ट्रक्सन एण्ड कन्सलटेन्सि सँग सडक स्तरोन्नतिसहित ठेक्का सम्झौता गरेको थियो । योजनामा अहिलेसम्म ५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । सडक स्तरोन्नति गरी वेस र सबवेस राखेर लागि तयारी गरिए पनि पछिल्लो समय निर्माण व्यवसायीले काम नगरेका कारण सडक निर्माण ढिलासुस्ती भएको सडक डिभिजन कार्यालय साँफेबगर प्रमुख नेत्र प्रसाद देवकोटाले जानकारी दिए । निर्माण व्यवसायीलाई कार्यस्थलमा फर्किएर सडक निर्माण सुरु गर्न पटक–पटक निर्देशन दिए पनि अटेरी गरेकोले अबको एक हप्ता भित्र ठेक्का टोडने र ब्लाक लिष्टमा राख्ने उनले बताए ।

प्रमुख देवकोटाले फोन र पत्रमार्फत निर्माण व्यवसायीलाई ताकेता गरिए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको बताए । ’निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ’, उनले भने, ’मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।’

वि.सं. २०७४ सालमा दर्ता भएको सेबिमा कन्ट्रक्सन एण्ड कन्सलटेन्सिले राजनिक आडमा अहिले सम्म ठेक्का तोडन नसको को स्थानियको भनाई छ । यो सडकमा हालसम्म करिब ५ प्रतिशत भौतिक प्रगति भएको छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन ।

Loading...