गोदावरीमा आजदेखि गौरा पर्व विशेष मेला सुरु, अर्थ राज्यमन्त्री बमद्वारा मेलाको उद्घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेस्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि गौरा पर्व विशेष मेला सुरु भएको छ । यो मेला भदौ २१ गतेसम्म चल्नेछ । मेलाको उद्घाटन कार्यक्रम आज दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बम द्वारा गरिने तय भएको छ ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको गौरा पर्व समितिकी संयोजक लक्ष्मी बिनाडीले जानकारी दिएकी छन्। उनले बताइन् कि मेलामा विभिन्न स्थानका चर्चित डेउडा कलाकारहरूको पनि प्रस्तुति रहनेछ, जसले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

Navadurga sun

कार्यक्रम अनुसार भदौ १७ गते सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल, र २० गते पदम जोशी र तुलसी बुढाले प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।

मेलालाई सफल बनाउन समितिले सर्वसाधारणलाई सहभागिता जनाउन र सहयोग पुर्‍याउन आग्रह गरेको छ। साथै, आयोजकहरूले सुरक्षा र व्यवस्थापनको विशेष ख्याल राखिने बताएका छन्।

यो मेलाले स्थानीय समुदायलाई सांस्कृतिक रूपमा उत्साहित गर्ने र परम्परागत डेउडा कला प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...