कञ्चनपुरमा सशस्त्र प्रहरीको बिओपी भवनको उद्घाटन

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित खड्डाकंकडमा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भवन उद्घाटन गरिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

सुदूरपश्चिम प्रदेश सरकारको ४५ लाख बजेटमा निर्माण गरेको उक्त भवनको उद्घाटन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले गरेका हुन् । मन्त्री सार्कीले सशस्त्र प्रहरी बलको भूमिका शान्ति, सुरक्षा र सीमा सुरक्षामा महत्त्वपूर्ण रहेको भन्दै नयाँ भवनले सुरक्षाकर्मीलाई थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।

Navadurga sun

सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीप कुमार पालले सीमा क्षेत्रको सुरक्षार्थ यस्ता भवनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै अन्य थुप्रै बिओपीहरूका भवन बनाउन बाँकी रहेकोले त्यसका लागि समेत प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

उद्घाटन समारोहकै अवसरमा समाजसेवी तथा दानवीर सिद्धराज ओझालाई सम्मान गरिएको छ । ओझाले आफ्ना दिवङ्गत पिता स्व. शिव दत्त ओझा र आमा स्व. लक्ष्मी देवी ओझाको सम्झनामा खड्डाकंकड बिओपी भवन निर्माणका लागि निःस्वार्थ भावले जग्गा दान गर्नुभएको थियो । उनको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्रालयका तर्फबाट सम्मानपत्र प्रदान गरिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...