बर्दगोरिया गाउँपालिकामा निःशुल्क शव चिस्यान सेवा सुरु

कैलाली- बर्दगोरिया गाउँपालिकाले समुदायलाई लक्षित गर्दै पहिलो पटक निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । पालिकाले विद्युत संचालित दुई वटा शव चिस्यान यन्त्र उपलब्ध गराएर मृतकको शरीरलाई सुरक्षित राख्न सहज हुने व्यवस्था गरेको हो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुंवरका अनुसार मृतकका आफन्त विदेश वा घर बाहिर हुँदा आउन ढिलाइ भए शवलाई सुरक्षित राख्न सकिने आवश्यकता देखिएको थियो । उनले भने, “आफन्त विदेशमा हुँदा मृतकको शरीर लामो समयसम्म राख्न कठिन हुने समस्या थियो, अहिले यो सेवा सुरु भएपछि आफन्त फर्किएर आएर अन्तिम श्रद्धाञ्जली दिन सक्नेछन् ।”

Navadurga sun

यसअघि शवलाई धेरै दिनसम्म सुरक्षित राख्न नसक्दा विदेशमा रहेका परिवारका सदस्यले आफ्ना प्रियजनलाई अन्तिम पटक मुखदेख्नै नपाउने अवस्था आउने गरेको थियो । अब पालिकाले सुरु गरेको शव चिस्यान सेवाले यस्तो समस्या अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले सञ्चालनमा ल्याएका शव चिस्यान यन्त्र हाललाई दोधारा अस्पताल मार्फत निःशुल्क सेवा सञ्चालन भएको छ भने आवश्यक परे घरमै चिस्यान यन्त्र लैजाने सुविधा पनि उपलब्ध हुनेछ। यसले पालिकावासी मात्र नभई वरपरका स्थानीयवासीलाई पनि राहत दिने विश्वास गरिएको छ ।

यस सेवाबाट मृतकका आफन्तले समयमै उपस्थित भएर श्रद्धाञ्जली दिन पाउने, शव व्यवस्थापनमा सहजता आउने र सामाजिक दृष्टिले ठूलो सहयोग पुग्ने पालिकाले उल्लेख गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...