सुदूरपश्चिममा आज गौरापर्वको दोस्रो दिन नानी गौरा मनाइँदै

धनगढी- सुदूरपश्चिममा आज नानी गौरा मनाइँदै छ । गौरापर्वको दोस्रो दिन आज व्रतालु महिलाहरुले ‘बिरुडा’लाई धुने गर्दछन् ।अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ ।

Ganyapdhura gau
Dadhaldhura pur

व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरिन्छ । धान, साउँ, तील, अपामार्गलगायतका बोटहरुबाट गौराको प्रतिमूर्ति बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रहेको छ ।
नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलन छ । आज नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ ।

Navadurga sun

गौराको तेस्रो दिन अमुक्ताभरण र मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो । पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...