कैलालीका एसपी राणाको सरुवा, नयाँ प्रहरी प्रमुखमा चन्दलाई जिम्मेवारी

धनगढी- कैलाली जिल्ला कारागारमा भएको झडप घटनापछि देखिएको लापरबाहीका कारण कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणालाई सरुवा गरिएको छ।

Dadeldhura hospital

प्रहरी प्रधान कार्यालयले बुधबार उनलाई तत्काल प्रभावबाट मुख्यालय तानेको हो। राणाले कैलाली प्रहरीको नेतृत्व सम्हालेको चार महिना पनि नपुग्दा सरुवा हुनु परेको हो। उनी गत बैशाख २३ गते मात्रै कैलाली खटिएका थिए। उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत एसपी नरेन्द्र चन्दलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

Navadurga sun
Godawari sandesh

साउन २३ गते राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। सो घटनामा सुरक्षात्मक कमजोरी देखिएको भन्दै प्रशासनिक तहमा कारबाहीको प्रक्रिया अघि बढाइएको हो।

यसअघि सोही घटनापछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई समेत गृह मन्त्रालय तानेर डा. कृष्णप्रसाद लम्साललाई नयाँ सिडिओका रूपमा पठाइएको थियो।

Loading...