लेखराज सिधिन्छन भन्नेहरु पहिला आफ्नो ख्याल गर्नुहोला : पूर्वमन्त्री भट्ट




अत्तरिया, २ असाेज- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लेखराज भट्टले अब लेखराज भट्ट सिधिन्छन भन्नेहरु आफै सकिएर जाने समेत बताएका छन् । आज अत्तरिया स्थित आफ्नै निजी निवासमा गोदावरी पत्रकार मञ्चका पदाधिकारीसंगको भेटघाट कार्यक्रममा उनले कसैले आफु सिधियो भन्दैमा नसकिने बताएका हुन् ।


माओवादी केन्द्र छोडेर एमालेमा गएपछि अब कैलाली क्षेत्र नं ४ मा लेखराज भट्टको राजनिति सकिन्छ भन्नेहरुलाई आफ्नो ख्याल गर्न उनले आग्रह गरेका हुन् । “लेखराज सिधिन्छन भन्नेहरु पहिला आफ्नो ख्याल गर्नुहोला आफ्नो आचरण , आफ्नो स्वभाव र कार्यशैलीहरुमा सुधार गर्नुहोला” उनले भने – “म सक्किने र नसक्निे भन्ने कुरा मेरो ब्यबहार र मेरो गलत कदमले देखाउने छ त्यसैमा कसैले सक्कियो भन्दैमा म सक्किदैन ।”


उनले आफ्ना गल्ती कमीकमजोरीहरुलाई आत्मसमिक्षा गर्दै संस्थापन केपी ओली नेतृत्वमै गोलबद्ध भएर लाग्न सुझाव दिएका छन् । उनले हिजो जुन उद्देश्यका साथ नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेकपा पार्टी बन्यो आफु अहिले पनि त्यही पार्टीमा रहेको बताए ।

“हिजो हामी जुन उद्देश्य, मर्म र भावनाका साथ एकजुट भयौ आज पनि हामी एकजुट छौ” उनले भने – “अहिले सम्म कुनै पनि सरकार ५ बर्ष चल्न सकेको छैन तर हामीले दुई तिहाई बहुमत भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तता दिनुपर्छ भनेर यसमै लाग्यौ ।”
यस्तै उनले अदालतको परमादेशवाट बनेको गठबन्धनको सरकार अब धेरै दिन नटिक्ने बताएका छन् । उनले संबिधानको मर्मविपरित सर्बोच अदालतको फैसालावाट बनेको गठबन्धनको सरकार अपवित्र भएकाले अब धेरै दिन टिक्न नसक्ने बताएका हुन् । उनले जनताको दुई तिहाई बहुमतवाट बनेको सरकारलाई आन्तरिक र बाह्रय शक्तिहरुले नपचाएको बताए । उनले आफ्नै पार्टी भित्रैवाट असहयोग हुदाँ प्रधानमन्त्रीको हैसियतले अध्यक्ष केपी शर्मा ओलीले नयाँ जनादेशमा जानुपर्छ भनेर अघि बढ्दै गर्दा अदालतको परमादेशवाट सरकार बन्न पुगेको उनको भनाई रहेको छ ।
उनले अहिले गठबन्धनको सरकार भित्रै अन्तरबिरोध हुदाँ सरकार गठन भएका दुई महिना सम्म पनि मन्त्रीमण्डल बिस्तार हुन नसकेको बताए । नेकपा एमालेका सुदूरपश्चिम इञ्चार्ज समेत रहनुभएको नेता भट्टले अहिलेको गठबन्धनको सरकार भित्रपनि आपसी मनमुटाबहरु सिर्जना भैसेककाले अब यो सरकारले पनि छिट्टै जनादेशमा जानुपर्छ भनेर चुनाबको घोषणा गर्ने बताएका छन् ।
यसले हिजो केपी ओली ठिक थिए भन्ने कुरालाई पुष्टि गरेको उनको भनाई छ । उनले अहिले पनि संस्थापन पक्षनै बलियो रहेकाले ढिलो चाडो सबै केपी ओलीसंगै गोलबद्ध हुनुपर्ने बताए ।
उनले पार्टी र देशको बिकासमा नभई ब्यक्तिवादी राजनिती भएपछि पार्टी विभाजन हुन पुगेको बताए । उनले पार्टी अहिले नभई बहुमतको आधारमा अध्यक्ष केपी शर्मा ओली लगायतलाई बहुमतको नाममा साधारण सदस्य समेत नरहने गरी कारबाही गरेदेखी नै पार्टी विभाजन भएको उनको भनाई छ ।



