इम्बोस्ड नम्बर प्लेटको विरोध गर्दै कैलाली प्रशासनलाई ज्ञापन पत्र

धनगढी- सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाइएको छ। देवनागरी लिपि हटाइ इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने सरकारको निर्णयको विरोध गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएको हो ।

Ganyapdhura gau

परिषद्को देशभरका जिल्ला प्रशासन कार्यालयका प्रमुख मार्फत ज्ञापन पत्र बुझाउने अभियान अन्तर्गत परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोराको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको थियो ।

Navadurga sun
Dadhaldhura pur

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेको निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपिमा नै इम्बोस्ड नम्बर राख्न माग गरेको छ । यातायात व्यवस्था विभागले असोज १ गते देखि अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अङ्ग्रेजी भाषाको रोमन लिपिमा लेखिएको इम्बोस्ड नम्बर प्लेट राखी सक्नु पर्ने निर्णय गरेको छ ।

उक्त निर्णयको विरोध गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले देशभरका जिल्ला प्रमुख मार्फत ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाइरहेको छ।

कैलालीमा ज्ञापन पत्र बुझाउन परिषद्का राष्ट्रिय सचिव बोहोरा सहित, राष्ट्रिय सह–सङ्गठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सदस्य, प्रदेश पदाधिकारी र धनगढी नगरका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...