कञ्चनपुरमा अख्तियारले ६४ उजुरीमाथि विस्तृत अनुसन्धान सुरु

कञ्चनपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ। महेन्द्रनगरस्थित आयोगको क्षेत्रीय कार्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट परेका उजुरीमध्ये प्राथमिक छानबिनपछि ती उजुरी विस्तृत अनुसन्धानमा प्रवेश गराइएको हो।

गत आर्थिक वर्षमा आयोगमा १,६९६ उजुरी दर्ता भएका थिए। तीमध्ये ४८९ उजुरी अघिल्लो आवबाट सारिएका र १,१९८ नयाँ उजुरी दर्ता भएका हुन्। तथ्यांकअनुसार सबैभन्दा धेरै ४०४ उजुरी कैलालीका परेका छन् भने सबैभन्दा कम ११० उजुरी डडेल्धुराका दर्ता भएका छन्।

Navadurga sun

जिल्लागत आधारमा अहिले अछाम र बैतडीका १३-१३, बाजुरा, बझाङ र कञ्चनपुरका ६-६, कैलालीका ९, दार्चुलाका ७, डोटीका ३ र डडेल्धुराको १ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ। सूचना अधिकारी चेतराज भट्टका अनुसार आयोगमा पर्ने करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन्।

अनियमितता प्रमाणित भएमा आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नेछ। गत वर्ष दर्ता भएका उजुरीमध्ये १,२३४ उजुरी फर्छ्योट गरिएका छन्। त्यस्तै ७३५ उजुरी तामेलीमा पठाइएको, २ उजुरी सुझावसहित तामेली, २६० उजुरी सम्बन्धित निकायलाई पठाइएको र १७२ उजुरी अन्य श्रेणीमा गाभिएको कार्यालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...