रास्वपा डडेल्धुरामा संगठन निर्माण अभियानमा

डडेल्धुरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डडेल्धुरामा आफ्नो संगठन सुदृढ बनाउन जिल्लाभर अभियान तेज बनाएको छ । अभियान अजयमेरू गाउँपालिका बाट सुरु भई जिल्लाका ७ पालिका र ५३ वटै वडामा फैलिने छ । यस क्रममा स्थानीय समस्यासँग सम्बन्धित जनचर्चा पनि हुने बताइएको छ ।

Dadeldhura hospital

अभियानको नेतृत्व केन्द्रीय खेलकुद विभागका उपप्रमुख घनश्याम बिष्टले गरिरहेका छन्। पार्टीका जिल्ला सभापति सुरेन्द्र अवस्थीसहित पालिका कमिटीका पदाधिकारीहरू पनि सहभागी छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

साथै, जिल्लाको विकास योजनाका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा इन्जिनियर सुरेन्द्र अवस्थी संयोजक, इन्जिनियर महेशसिंह धामी उपसंयोजक, इन्जिनियर बीर कार्की, उपसभापति प्रेमबहादुर बुढा, सहसचिव बसन्त पाण्डेय सदस्य रहेका छन् ।

रास्वपाले ब्लु प्रिन्ट सहित विकासका सम्भावना, लागत र समयावधि जनतामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

Loading...