गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन माग, स्थानीयद्वारा आन्दोलन जारी

अत्तरिया- कैलालीको गेटास्थित सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापनाका लागि स्थानीयले सरकारसँग दवाव दिएका छन् । स्थानीयले उपकुलपति सहित विश्वविद्यालयका पदाधिकारी तुरुन्त नियुक्त गर्न र यसै वर्षदेखि तीन सय श्याको अस्पताल सञ्चालन तथा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न माग गरेका छन् ।

Ganyapdhura gau

सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिको अगुवाइमा अत्तरिया र गेटाका स्थानीयले सोमबार बिहान विश्वविद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए । उनले विश्वविद्यालय भवन वरिपरि झाङ्गिएको झाडी काटेर सरसफाइ गरेका थिए ।

Navadurga sun

पत्रकार सम्मेलनमा संघर्ष समितिका पदाधिकारीहरूले उपकुलपति सहितका पदाधिकारी तुरुन्त नियुक्त गरी विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताए ।

Dadhaldhura pur

संघर्ष समितिका सदस्य विनोद बिष्टले सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन जारी गरिसके पनि पदाधिकारी नियुक्तिमा ढिलाइ भएको भन्दै आपत्ति जनाए । उनले भने, “पदाधिकारी नियुक्त गरेर विश्वविद्यालय सञ्चालनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने हाम्रो माग हो ।”

संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले सरकार विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्दै अल्झाउने काम गरिरहेको आरोप लगाए। उनले भने, “अस्पताल र पठनपाठन सुरु नहुँदासम्म हामी आन्दोलन जारी राख्छौँ ।”

संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारी व्यवस्थित कारण गेटामा करोडौँको संरचना अलपत्र परेको बताए । उनले स्वास्थ्य मन्त्री प्रदिप पौडेलले गेटामा ५० श्याको अस्पतालअन्तर्गत ३० श्याको आकस्मिक कक्ष उद्‌घाटन गरेर भ्रम सिर्जना गरेको आरोप पनि लगाए । उनले भने, “सात महिनाअघि मन्त्रीले ३ सय श्याको अस्पताल तत्काल सुरु गर्ने प्रतिवद्धता जनाएका थिए, तर त्यो विपरीत आकस्मिक कक्ष उद्‌घाटन गरेर भ्रम फैलाउन खोजियो ।”

सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी ऐन जारी भएको दुई महिनाभन्दा बढी भइसकेको भए पनि सरकारले पदाधिकारी नियुक्त गरेको छैन ।

करिब ६ अर्ब ६८ करोड रुपैयाँको लागतमा बनेका संरचना अहिलेसम्म प्रयोगविहीन भएका कारण जीर्ण बन्दै गएको छ । स्थानीयले विश्वविद्यालय सञ्चालन र अस्पताल सुरु नभएसम्म आफ्नो आन्दोलन जारी राख्ने बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...