राम बिचारी ठाकुरले कैलाली डिभिजन बन अधिकृतको जिम्मेवारी सम्हाले

अत्तरिया- सरुवा भई कैलाली खटाइएका बरिष्ठ डिभिजन बन अधिकृत राम बिचारी ठाकुरले पदभार ग्रहण गरे सँगै जिम्मेवारी सम्हालेका छन् । उनले भदौ ४ गते कञ्चनपुरबाट रमाना लिई भदौ ६ गतेदेखि कैलालीको जिम्मेवारी सम्हालेका हुन् ।

Ganyapdhura gau

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सुदूरपश्चिम प्रदेश सरकारको श्रावण ३० गतेको निर्णयअनुसार ठाकुरलाई कञ्चनपुरबाट कैलाली कामकाजको लागि खटाइएको हो । ठाकुरको स्थानमा बरिष्ठ बन अधिकृत रामचन्द्र कँडेललाई पठाइएको छ भने पहलमानपुरमा कृष्णदत्त  भट्टलाई पनि सरुवा गरिएको छ।

Navadurga sun
Dadhaldhura pur

यसबीच, सरकारको सरुवा निर्णयविरुद्ध दुई जना डिभिजन बन अधिकृतले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए। अदालतले भदौ ५ गते सरकारको नाममा अल्पकालीन आदेश जारी गरेको थियो, जसलाई प्रदेश बन मन्त्रालयले भदौ ६ गते सम्बन्धित बन कार्यालयमा कार्यान्वयन गर्न पत्राचार गरेको छ।

यद्यपि ठाकुरले भने आफूले अदालतको आदेश आउनु भन्दा अघिनै रमाना लिई कार्यालयमा हाजिर भइसकेको बताए। उनले भने, “मैले प्रदेश सरकारको आदेश पालना गरेर भदौ ४ गते रमाना लिएको हुँ। नियमानुसार कार्यालयमा हाजिर भएपछि मात्र अदालतको आदेश आएको हो। अदालतको भावी फैसलाप्रति मेरो पूर्ण सम्मान रहनेछ।”

ठाकुरले आफू प्रदेश सरकारको आदेशअनुसार जिम्मेवारी सम्हालेको र डिभिजन बन कार्यालय कैलालीको सम्पूर्ण काममा पूर्ण रूपमा जवाफदेही हुने स्पष्ट पारेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...