कैलालीमा ५९ लाख मूल्यको अवैध मोबाइल पार्ट्स बरामद

अत्तरिया– सशस्त्र प्रहरी बलले धनगढी उपमहानगरपालिका–१९, फुलबारीबाट ५९ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल पार्ट्स बरामद गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

सशस्त्र प्रहरी बल नम्बर ३४ गण, कैलालीका नायब उपरीक्षक साजेन्द्रप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छलेर ल्याइएका १० पोका मोबाइल पार्ट्स, डाटा केबल र वायरलेस ब्लुटुथ नियन्त्रणमा लिएको हो ।

Navadurga sun

बरामद गरिएका सामानको मूल्य करिब ५९ लाख ७३ हजार रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...