सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तामाङद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

कञ्चनपुर, २ असाेज– नव नियुक्त सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङले सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण गरेका छन्। नेकपा एसका नेता समेत रहेका मन्त्री लामा तामाङ पद ग्रहण गरेको दोस्रो दिन सहिद गोबिन्द गौतमको सम्मान स्वरूप शालिकमा माल्यार्पण गरेका हुन्।

शुक्रबार साझ मात्रै सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री बनेर सपथ ग्रहण गरेका मन्त्री तामाङ शनिबार बिहानै सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गर्न पुगेका हुन्। मन्त्री तामाङसंगै पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले पनि सहिद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गरेका छन्।माल्यार्पण पश्चात् मन्त्री तामाङले सहिदका बुवालाई पनि दोसल्लाले सम्मान गरिएको छ।

Navadurga sun

२०७३ फाल्गुन २६ गते सीमा विवादमा भएको झडपमा भारतीय प्रहरीको गोली लागेर शहीद गौतमले सहादत प्राप्त गरेका थिए । सुदूरपश्चिमको सीमा सर्वेका लागि पटकपटक गठन भएका सीमा सर्वे टोलीले अन्य ठाउँहरुमा सर्वे गरी सीमास्तम्भ समेत निर्माण भइसक्दा सुरक्षा चुनौती देखाउँदै पुनर्वासमा भने सर्वे मात्र गरेका छन्, सीमा स्तम्भ गाडेका छैनन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...