


अत्तरिया- सुदूरपश्चिम प्रदेशमा भोलि (आइतवार) सार्वजनिक बिदा दिइएको छ । साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।



प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले अद्वारी पर्वको अवसरमा ८ गते बिदा दिइएको बताए ।


कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्ठारी पर्व मनाउँदै आएका छन् ।
थारू समुदायमा पुरुषहरूले विशेष रुपमा अद्वारी मनाउने गर्दछन् । दाजुभाइहरुले अट्ठारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि ब्रत बसी बेलुकी पूजा गर्ने चलन छ ।





