मुन्द्राको लोभमा बझाङमा हजुरआमाको हत्या गर्ने सार्वजनिक

बझाङ, २ असाेज- बझाङमा हजुरआमाको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। हजुर आमाको हत्या गरेको आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका वडा नं. ५ का २३ बर्षिया सुवास जप्रेललाई प्रहरीले सार्वजनिक गरेको हो।

सुवास जप्रेलले भदौ २७ गते विहान ८/९ बजेको समयमा धारिलो हतियार हँसिया प्रयोग गरी ८५ बर्षिया आफ्नै हजुरआमा रिखी देवी जप्रेलको हत्या गरेका थिए। एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो। सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिए।

Navadurga sun

सुनको लोभले हजुर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको प्रहरी नायब उपरिक्षक खड्का भनाई रहेको छ। घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरी बेलुकी ६/७ बजेको समयमा घटना स्थलमा पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघि पट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भै रहेको समेत डिएसपी खड्काले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...