कैलाली र दार्चुलामा लागुऔषधसहित चार जना पक्राउ

अत्तरिया- कैलाली र दार्चुलामा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । कैलालीको जानकी गाउँपालिका–१ सुवर्णपुरबाट तीन जना व्यक्तिलाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

बिहीबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले ४५ वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाहलाई पक्राउ गरिएको छ ।

Navadurga sun

शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...