धनगढी र अत्तरियामा शनिबारदेखि सुपथमुल्य पसल संचालन




धनगढी, १ असोज- साल्टट्रेडिङ कार्पोरेशन लिमिटेड कैलालीले भाेली (शनिबार) देखि २ ठाउँमा सुपथमुल्यको पसल संचालन गर्ने भएको छ। दशै, दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको हो । सुपथ मुल्य पसल धनगढी र अत्तरियामा संचालन हुने कार्पोरेशनका प्रदेश प्रमुख केशव पाण्डेले बताए ।



त्यसैगरी सुपथमुल्य पसलमा नुनमा २ रुपैया छुट दिएर १८ रुपैया र चिनीमा छुट गरेर ७९ रुपैया मुल्य निर्धारण गरिएको पाण्डेले बताए । शनिबार बाहेक प्रत्येक दिन बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि कोटा तोकेकिएको प्रमुख पाण्डेले बताए ।


एउटा व्यक्तिलाई ६ किलो नुन र २ किलो मात्र चिनी किन्न पाउने अरु वस्तु जतिचाहे उति किन्न सकिने उनले बताए । उनले भने, ‘सहुलियत पसलमा उपभोक्ताले सबै किसिमका खाद्य वस्तुहरुमा कम्तीमा २ रुपैया देखि १० रुपैया सम्म छुट पाउने छन् ।’त्यसैगरी सरकारले देशभर दशै दिपावली र छठ पर्वलाई लक्षित गरेर सुपथमूल्य पसलहरु समेत सञ्चालनमा ल्याइएको छ ।



