अत्तरियामा डेढ करोड लगानीमा आधुनिक एच.एफ.सि चिकेन रेस्टुरेन्ट सञ्चालनमा

अत्तरिया- धनगढी रोडस्थित श्रीकृष्ण मार्केटमा एच.एफ.सि चिकेन रेस्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ । नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर उद्घाटन गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

रेस्टुरेन्टका संचालक हेमराज नौन्यालले तिज पर्वको अवसरमा १.५ करोडभन्दा बढी लगानीमा रेस्टुरेन्ट र पार्टी हल सञ्चालनमा आएको जानकारी दिनुभयो । यसमा आधुनिक सुविधासहित एसियुक्त बार, १५०–२०० जना क्षमताको हल, प्राइभेट क्याबिन, स्मोकिङ जोन, आउटडोर क्षेत्र, झरना र पानीका फोहोरा उपलब्ध छन् ।

Navadurga sun

रेस्टुरेन्टले होम डेलिभरी, क्रन्ची चिकेन, कुखुराको अचार, ग्रेवी, तन्दूरी तथा विविध रेसिपी सेवा दिनेछ । यहाँ हाल १५ जना रोजगारी पाएका छन्। तिज पर्वका अवसरमा ५० जना भन्दा बढी महिलाका लागि हल निःशुल्क प्रदान गरिने घोषणा गरिएको छ ।

नगर प्रमुख भट्टले स्थानीय स्तरमै गुणस्तरीय खानपिन र मनोरञ्जन सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै, यसले पर्यटन र व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...