अत्तरिया- “खाना बदले स्वास्थ्य बदलिन्छ, सोच बदले जीवन बदलिन्छ” भन्ने नाराका साथ डी एक्स एन अत्तरिया परिवारले तीज विशेष स्वास्थ्य सचेतनामूलक कार्यक्रम अत्तरियास्थित प्रतिभा पुस्तकालयमा सम्पन्न गरेको छ । कार्यक्रममा सबैलाई तीजको शुभकामना दिँदै कार्यक्रम गरिएको हो ।

कार्यक्रममा डी एक्स एन का विभिन्न उत्पादनहरू टुथपेस्ट, चियापत्ती, रातो च्याउ (गानोडर्मा) आधारित औषधि, स्याम्पु, कफी, साबुन, तेल आदिको बारेमा जानकारी गराइएको थियो । डी एक्स एन नेपाल, नेपालगञ्जका सहजकर्ता सागर शाहीले उत्पादनहरूको उपयोग र फाइदाबारे प्रष्ट पारे भने कार्यक्रमको सञ्चालन धनगढीकी स्टार एजेन्ट रुक्मिणी कार्कीले गरिन् ।


वक्ताहरूले अन्य औषधिहरूमा साइड इफेक्ट हुने भए पनि गानोडर्मा मिसाइएको डी एक्स एन का उत्पादनमा त्यस्तो समस्या नहुने दाबी गरे । गानोडर्मालाई नेपालीमा रातो च्याउ पनि भनिन्छ, जसले शरीरभित्रका विकारहरू हटाउन मद्दत गर्ने उल्लेख गरियो ।
कार्यक्रममा प्रमुख अतिथि डी एक्स एन नेपालगञ्जकी कमला तिवारी रहेकी थिइन । उनले भने डी एक्स एन को नेटवर्क बिजनेसबाट व्यक्तिले आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न सक्ने र जागिर वा परम्परागत व्यापार भन्दा बढी फाइदा हुने कुरा बताइन् ।
डी एक्स एन कम्पनी सन् १९९३ मा मलेसियाबाट सुरु भई नेपालमा २०५९ सालमा सुरु गरिएको हो । अहिले २३ वर्ष पूरा गरेको यस कम्पनीका उत्पादनहरू स्वास्थ्य सुधारमा प्रभावकारी रहेको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा वक्ताहरूले यो डी एक्स एन मा लागेर आफ्नो आर्थिक भविष्य तथा रोगबाट मुक्त हुन सकिने कुराहरू पनि बताएका हुन् ।
