सुक्टी खोलामा कल्भर्ट निर्माण, वैकल्पिक बाटो अभावले यात्रु हैरान

अत्तरिया– खुटिया सडकखण्डअन्तर्गत गोदावरी–८, जोनापुरस्थित सुक्टी खोलामा डबल सेल बक्स कल्भर्ट निर्माण कार्य जारी छ। तर वैकल्पिक मार्गको उचित व्यवस्था नहुँदा दैनिक यात्रु र स्थानीयवासीलाई आवत–जावतमा कठिनाई भोग्नुपरेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

निर्माणस्थल वर्षामा हिलाम्मे हुने र सडकको दुबै तर्फको यातायात प्रभावित हुने गरेको छ। स्थानीयवासीका अनुसार, यात्रु सहज हुने खालको वैकल्पिक बाटो निर्माण नगरेकाले असुविधा बढेको हो। गोदावरी–८ का शिव नारायण चौधरीले भने, “अलि टाढाबाट अर्को बाटो छ, तर त्यहाँ पनि खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम उच्च छ। यदि ग्राभेल गरेर सम्याइदिएको भए सहज हुने थियो।”

Navadurga sun

सडक आयोजनाले बक्स कल्भर्ट निर्माणका लागि मूल्य अभिवृद्धि करसहित रु. ३ करोड १५ लाख ५५ हजार ६३७ मा पृथ्वी पशुपति जे.भीसँग २०८१ पुस ८ गते ठेक्का सम्झौता गरेको हो। निर्माण सम्पन्न गर्ने म्याद २०८२ पुस २० तोकिएको छ। सोही सडकखण्डको मटियारी खोला र सुक्टी खोलामा एकैपटक काम भइरहेको छ।

आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी दिनेश सिंह रैखोलाका अनुसार असारसम्ममा करिब ७१ प्रतिशत भौतिक प्रगति भएको छ। उनका भनाइमा, वैकल्पिक बाटोमा गरिएको ग्राभेल वर्षातमा बगेर जानुले समस्या थपिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...