पूर्वीचौकी गाउँपालिका–१ खिरसेन स्वास्थ्य चौकीका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाबाट टेकबहादुर खड्का बचाउ अभियानमा सहयोग

Navadurga sun

डोटी-  पूर्वी चौकी गाउँपालिका वडा नम्बर १ खिरसेन स्वास्थ्य चौकीमा कार्यरत  सम्पूर्ण कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाले टेक बहादुर खड्का बचाउ अभियानमा सहभागी हुँदै रू. ९,०२५ सहयोग गरेका छन् ।

स्थायी घर डोटी जिल्ला पूर्वी चौकी गाउँपालिका–१ पालेबनका ३२ बर्षका टेक बहादुर खड्काको दायाँ हात एक वर्षअघि भाँचिएको थियो ।

उपचारका क्रममा अछामको बयालपाटा अस्पताल, कैलालीको मायामेट्रो अस्पताल, काठमाडौंको वीर अस्पताल र ट्रमा सेन्टरसहित भारतका विभिन्न अस्पतालमा उपचार गर्दा    आर्थिक समस्या भएको र धेरै ऋण लागेको हुँदा अहिले आर्थिक समस्या कै कारण अझै अपरेसन गर्न हुन सेकेको छैनन् ।

परिवारका अनुसार लामो उपचार प्रक्रियामा ऋणको जोहो गर्नुपरेको र सम्पत्ति सकिएकोले अहिले आर्थिक अवस्था नाजुक बनेको छ ।

थप उपचारका लागि झण्डै पाँच लाख रुपैयाँ आवश्यक पर्ने भएकाले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरु सेवाभन्दा ठूलो कुनै दान वा धर्म हुँदैन, धर्म आर्जन गर्न मन्दिर धाइरहनु पर्दैन । यो विपत्तिमा सबैले सक्दो साथ सहयोग गरौँ, मानवता देखाऔँ, भ्रातृत्व देखाऔँ भन्दै परिवारको सहयोगका लागी अपील छ।

सहयोगका लागि खाता विवरण:

सहयोग गर्न इच्छुकले  नेपाल बैंक खाता नम्बर: 4100100000349018
भारतका लागि GPay: चित्र बोगटी, फोन नम्बर 9712381849
प्रत्यक्ष सम्पर्क: टेकबहादुर खड्का (9864306303), जनक खड्का (9864292109)
माथिका खातामा रकम जम्मा गर्न वा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

Loading...