धनगढीका सीडीओ हमाल काठमाडौ तानिए

कारागार झडपकाण्ड: मृत्युपछि सीडीओ परिवर्तन

धनगढी- धनगढीस्थित जिल्ला कारागारमा एक जनाको ज्यान गएको घटनापछि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल बुधबार गृह मन्त्रालय तानिएका छन् । साउन २३ गते शुक्रबार राति कारागारमा कैद्धीबीच झडप हुदा भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

Ganyapdhura gau
Dadhaldhura pur

गृह मन्त्रालय स्रोतका अनुसार हमाललाई काठमाडौ तानेर दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाइएको छ । धनगढीस्थित कारागारमा कैदीबन्दी बीच झडप हुँदा दुई दिनसम्म कारागार तनावपूर्ण बनेको थियो ।

Navadurga sun

यसबीचमा सो घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको आफन्तले जाहेरी दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...