कैलाली कारागार घटनापछि घाइते २७ कैदीबन्दी डिस्चार्ज, तर कारागारमा फर्काइएन

धनगढी- कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक घटनामा घाइते भएका २७ जना कैदीबन्दीलाई उपचारपछि डिस्चार्ज गरिएको छ। तर, पुनः झडप हुने जोखिमका कारण उनीहरूलाई तत्काल कैलाली कारागारमा नल्याइने भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले उनीहरूलाई हिजै डिस्चार्ज गरे पनि कारागार प्रशासनले सुरक्षा आकलनपछि अन्यत्र सार्ने तयारी गरेको हो। कारागार प्रमुख जलान्धर भुसालका अनुसार डिस्चार्ज भएका कैदीबन्दीलाई केही दिन अस्पतालमै राख्ने वा अन्य कारागारमा स्थानान्तरण गर्ने विकल्पमा छलफल भइरहेको छ।

Navadurga sun

“उहाँहरूलाई कारागारमा ल्याउँदा फेरि केही हुनसक्ने भएकाले अन्यत्र सार्ने तयारी हो,” भुसालले बताए।

डिस्चार्ज भएकामध्ये तीन जनालाई आज जिल्ला कारागार कञ्चनपुरमा पठाइएको छ। बाँकीलाई अन्यत्र स्थानान्तरण गर्नेबारे आफन्त र कारागार व्यवस्थापन विभागसँग समन्वय भइरहेको छ।

गत शुक्रबार राति कारागारमा भएको हिंसात्मक घटनामा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। तीमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...