
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ दारा ताल स्थित महाकाली नदिको किनारमा बुधवार नाम थर वतन नखुलेको अन्दाजी ३५र३६ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

