कञ्चनपुर- वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू–संरक्षण विभाग, बबरमहल, काठमाडौंले कञ्चनपुर डिभिजन वन कार्यालयलाई सम्मान गरेको छ ।


सोमबार आयोजित एक कार्यक्रमका बिच डिभिजन बन कार्यालयका प्रमुख राम बिचारी ठाकुरलाई उक्त सम्मान प्रदान गरिएको हो ।

वन वातावरण संरक्षण, जैविक विविधता संरक्षण तथा दिगो वन व्यवस्थापनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै आर्थिक वर्ष २०८१/८२ मा जिल्ला वन कार्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा विभागले सम्मानपत्र प्रदान गरेको हो।
