मिडिया काउन्सिल विधेयक र अनलाइन दर्ता सम्बन्धी नयाँ व्यवस्था खारेज गर्न माग

काठमाडौँ- पाँच पत्रकार संगठनले मिडिया काउन्सिल विधेयक र अनलाइन दर्ता सम्बन्धी नयाँ व्यवस्था खारेज गर्न माग गरेका छन् । 

Ganyapdhura gau
Dadhaldhura pur

आइतबार प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस सङ्गठनका अध्यक्ष नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले संयुक्त विज्ञप्ति निकाल्दै मिडिया काउन्सिल विधेयकका महत्त्वपूर्ण विधेयक सरकार नियन्त्रित र प्रतिगामी भएकाले खारेज गर्नुपर्ने तथा केही नेपाल ऐन संशोधनमार्फत अनलाइन दर्ता जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान खारेज गर्न माग गरेका हुन् । 

Navadurga sun

उनीहरूले आम सञ्चारसम्बन्धी एकीकृत कानुन छिटो बनाउन माग समेत गरेका छन् । विज्ञप्तिमा उनीहरूले आफ्ना माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...