गौरीफन्टा–पलिया सडक चार दिनदेखि अवरुद्ध

कैलाली- गौरीफन्टानेपाल–भारत सीमा नाका गौरीफन्टा–पलिया जोड्ने मुख्य सडक चार दिनदेखि पूर्ण रूपमा बन्द छ। भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ग्याँस बोकेको ट्याङ्कर दुर्घटना भएपछि उक्त सडकमा सवारी आवागमन रोकिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

भारतीय सुरक्षा निकायका अनुसार बिहीबार बिहान ट्याङ्कर पल्टिँदा सडक पूर्ण अवरुद्ध भएको थियो। उच्च जोखिमका कारण दुर्घटनास्थल नजिक अन्य सवारी साधनलाई प्रवेश गर्न रोक लगाइएको छ। दुर्घटनाग्रस्त ट्याङ्कर हटाउने प्रयास जारी रहे पनि सडक खुल्न अझै समय लाग्ने अनुमान गरिएको छ।

Navadurga sun

यसबीच, गौरीफन्टा हुँदै आवत–जावत गर्ने सवारी साधनलाई चन्दनचौकी मार्गतर्फ मोडिएको छ। धनगढीबाट भारत जाने तथा भारतबाट नेपाल आउने यात्रुहरूले अहिले सो वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...