कैलाली कारागारका कैदी र थुनुवाको गणना सकियो

धनगढी- कैलाली कारागारका कैदी र थुनुवाको गणना सकिएको छ। सशस्त्र प्रहरी नेपाल प्रहरी र मानव अधिकार आयोगको टोलीले कैदीबन्दीको गणना गरेको हो।

जिल्ला कारागार कैलालीमा सात सय जना कैदीमध्ये ब्लक ए मा ३९६, बी मा १९८ र महिला ५६ रहेका गणनाले देखाएको छ। सात सयमा एक जनाको मृत्यु भएको र ४९ जना भाइते भएका जिल्ला प्रशासन कार्यालय, कैलालीले बताएको छ।

Navadurga sun

शुक्रवारको कुटपिट पछि कैदीबन्दीले घटनास्थल नियन्त्रणमा लिएका थिए। ४० घण्टापछि प्रहरी पसेर अवस्था निरीक्षण गरेको हो।

हाल कारागारको अवस्था सामान्य रहेको मानवअधिकार आयोग प्रमुख प्रकाश भट्टले बताए। जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले कैदी र थुनुवाको फरक–फरक विवरण आउन बाँकी रहेको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...