बाजुरा- बाजुराको त्रिवेणी नगरपालिका–९ बिस्नापानीमा साउन २२ गते राति ८ बजे भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौजले शुक्रवार साँझ शव निकालेको हो ।




काठमाडाैँ जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन पश्चात् नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए ।


घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरीको सहितको संयुक्त सुरक्षाफौज उद्धारमा परिचाल भएको थियो ।
थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट २३ गते बिहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसमेत त्यसतर्फ पठाइएको थियो । सोही फौजले खोँचबाट शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

