गोदावरी नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याएर दिन गर्यो आह्वान

अत्तरिया- गोदावरी नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याएर दिन आह्वान गरेको छ । यसबाट रिसाइक्लिङ र कम्पोस्ट प्रक्रियामा लागत घटाउने र प्रभावकारिता बढाउने लक्ष्य लिइएको छ ।

एडिबीको सहयोगमा सञ्चालित केन्द्रमार्फत अहिले नगरका १२ वटै वडामा प्रभावकारी रूपमा फोहोर संकलन र व्यवस्थापन सुरु भइसकेको  छ । गोदावरी नगरपालिकाले फोहोरमैला व्यवस्थापन सुदूरपश्चिमको नै पहिलो ठूलो पूर्वाधार तयार पारेको छ । यस्तो ठूलो पूर्वाधार अन्य पालिका शुक्लाफाँटा, भिमदत्त र धनगढीमा निर्माणका क्रममा भए पनि पुरा भएको छैन ।

Navadurga sun

नगरभित्र स्थायी रूपमा सञ्चालनमा आएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । यस्तै आठ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण योजनाले नगरको समग्र विकासमा थप इँटा थप्ने भएको छ ।

बिहीबार एशियाली विकास बैंक (एडीबी) तथा शहरी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले परियोजनाको स्थलगत अनुगमन गरेको हो । टोलीले केन्द्रको प्राविधिक, सामाजिक र व्यवस्थापकीय पक्ष सन्तोषजनक रहेको उल्लेख गर्दै यस्तो दीर्घकालीन योजना अन्य नगरका लागि पनि अनुकरणीय हुने जनाएको छ ।

नगर प्रमुख विरेन्द्र भट्टले फोहोर व्यवस्थापन केवल सफाइको कुरा मात्र होइन, यो वातावरण, स्वास्थ्य र भावी पुस्ताप्रतिको उत्तरदायित्व रहेको जनाएका छन् । एडिबीको सहयोगले गुणात्मक सुधार आएको उनको भनाई छ ।

यस्तै, गोदावरी नगरपालिकामा ८.२३ किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि बढाइएको छ । यस अन्तर्गत फुटपाथ, सडक बत्ती र ढल निकास सहितको आधुनिक सडक निर्माण गरिनेछ । हाल ठेक्का प्रक्रियाका लागि सूचना सार्वजनिक भइसकेको छ ।

शून्य दशमलव ९७ किलोमिटरको अत्तरिया चक्रपथ, शून्य दशमलव ३१ किलोमिटरको भट्ट किराना पसलदेखि फलटुँडे सडकसम्मको सडक, एक दशमलव १९ किलोमिटरको धनगढी–अत्तरिया ६ लेन सडक–गेटा सडक, एक दशमलव ७४ किलोमिटरको महेन्द्र राजमार्गदेखि चौकीडाँडा सडक, शून्य दशमलव ५७ किलोमिटरको कैनीको रुख देखि ग्वासी विद्यालय रहेको क्षेत्रको सडक, एक दशमलव ५८ किलोमिटरको लालपुर–गौडी सडक, शुन्य दशमलव ४३ किलोमिटरको सालघाडी सडक र एक दशमलव ५४ किलोमिटरको शान्ति मार्ग सडक कालोपत्र गर्न सम्झौताको प्रक्रिया सुरु भएको हो ।

गोदावरी नगरपालिका क्षेत्रका आठ वटा सडकको ८ दशमलव २३ किलोमिटर कालोपत्रका लागि ठेक्का सम्झौता गर्न सूचना सार्वजनिक गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...