बडिमालिका मन्दिरबाट फर्कने क्रममा लडेर ५२ बर्षीय पुरुषको मृत्यु

बाजुरा- बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । पुर्व शिक्षामन्त्रि देवीप्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले जानकारी दिए ।
बडिमालिका मन्दिर बाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनी ७ सय मिटर तल खोचमा खसेका थिए ।

Dadeldhura hospital

विप्लब ओझाको हाल गोकर्णश्वरकाठामाडौ बस्ने गरेका छन् । उनी राति नै बडिमालिका बाट फर्केको हुन सक्ने प्रहरीले जनाएको छ । राति हिडेका कारणले भिरमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बिहान साढे ८ बजे मात्र उनी लडेर मृत्यु भएको प्रहरीले जानकारी गरेको हो ।

Navadurga sun
Godawari sandesh

बडिमालिकामा आज पुजा लागि रहेको छ । शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लागि रहेको छ । त्यस्तै बुढिनन्दामा पुजा शुरु भएको छ । यस बर्ष बडीमालिका पुग्नेहरुको संख्या अत्याधिक रहेको जनाएको छ ।

Loading...