धनगढी- कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा घाइते भएका हुन् ।



जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जाेशीले झडपका क्रममा घाइते भएका पाँच जनाकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनकाअनुसार उनीहरूकाे बारेमा विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।


कैलालीका प्रमुख जिल्ला अधिकारी गाेगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जाेडिएका तीन जनाकाे अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको बताए ।





